Nidan Media

ताप्लेजुङको कञ्चनजङ्गा केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको छ।

मध्यरातमा भूकम्प गएको कारण स्थानीय बासिन्दा केही समय त्रसित बनेका थिए।

भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

पूर्वी पहाडी क्षेत्रमा समय–समयमा यस्ता साना भूकम्प र पराकम्प जाने गरेको उल्लेख गर्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.