Nidan Media

पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा सेगुरो विजयी

काठमाडौँ । पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् ।

आधिकारिक नतिजाअनुसार ९९ प्रतिशत मतगणना सकिँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गर्दै कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गरेका छन् । भेन्टुराले ३३.३ प्रतिशत मत ल्याएका छन् ।

यो निर्वाचनलाई भेन्टुराको उग्र र लोकप्रियतावादी राजनीतिक अभियानप्रतिको जनसमर्थन कति छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो ।

सेगुरो मध्यमार्गी समाजवादी नेताका रूपमा चिनिन्छन् र उनले बायाँ तथा दायाँ दुवै धारका मुख्यधार दलको समर्थन पाएका थिए ।

उनी पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.