Nidan Media

तोलामा ४१ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ ।

आइतबारको तुलनामा सुनको भाउ तोलामा चार हजार एक सय र चाँदीको दुई सय ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ यसअघि आइतबार प्रतितोला तीन लाख पाँच सय रुपैयाँ रहेको थियो ।

यता आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर सोमबार पाँच हजार दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.