काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल खेल्दैछ ।
समूह सीमा रहेको नेपालले अहिले इङ्गल्याण्डसँग खेल्दै गरेको हो ।
भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा हुँदै गरेको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ ।
इङ्गल्याण्ड दुई पटकको विश्वकप विजेता हो भने नेपालले तेस्रो पटक विश्वकप खेलिरहेको छ ।
नेपाल कठिन समूहमा रहेको भए पनि चामत्कारिक प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् ।
समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।




