काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले विजयी शुरूआत गरेको छ ।
आइतबारको पहिलो खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।
भारतको चेन्नईमा भएको समूह डीको खेलमा १८३ रनको चुनौती न्यूजिल्याण्डले १७ ओभर ५ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
टिम सेइफर्टले ४२ बलमा ६५ रन बनाए । त्यस्तै २५ बलमा ४२ रन जोडे ।
मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १८२ रन बनायो । गुल्बादिन नैबले ३५ बलमा ६३ तथा सेडिक्लिाह अटलले २४ बलमा २९ रन बनाए ।
न्यूजिल्याण्डका लक्कि फर्गुसनले सर्वाधिक २ विकेट लिए । टी-२० विश्वकपमा यो न्यूजिल्याण्डको सबैभन्दा ठूलो रन चुनौती सफलता हो ।
न्यूजिल्याण्डले सन् २०२१ मा १६७ रनको चुनौती इङ्गल्याण्डविरुद्ध पूरा गरेको थियो ।





