काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।
अहिले बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्।
तीन एजेन्डा तय गरिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकका लागि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका-०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयलाई एजेन्डा तय गरिएको छ।
यस्तो छ कांग्रेसको विज्ञप्ति-
माघ २४, २०८२
केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक सम्बन्धमा ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक २०८२ माघ २५ गते आइतबार बिहान ८ः३० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको एजेण्डाहरू
१) नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२ ।
२) नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२ ।
३) केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव





