Nidan Media

आईसीसी टी-२० विश्वकप : भारतको विजयी शुरूआत, अमेरिका २९ रनले पराजित

काठमाडौँ । शनिबारदेखि शुरू भएको आईसीसी टी–२० विश्वकपमा आयोजक भारतले विजयी शुरूआत गरेको छ । भारतले अमेरिकालाई २९ रनले पराजित गरेको हो ।

भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शुभम रन्जाने र सञ्जय कृष्णमुर्तीले समान ३७–३७ रन बनाए ।

भारतका बलरमध्ये मोहम्मद सिराजले ३ विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट हात पारे । वरुण चक्रवर्तीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । कप्तान सूर्यकुमार यादवले अविजित ८४ रनको शानदार पारी खेले ।

भारत ४६–४ र ७७–६ को संकटपूर्ण अवस्थामा पुगेका बेला सूर्यकुमारले इनिङ सम्हालेका थिए । तिलक वर्माले २५ रनको योगदान दिए ।

अमेरिकाका लागि शाड्ली भान शाकवाइकले ४ विकेट लिए भने हर्मीत सिंहले २ विकेट लिएका थिए ।

शनिबार भएका अन्य खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि जित निकालेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.