Nidan Media

टी-२० विश्वकप : वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले हरायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको छ। भारतको कोल्कातास्थित इडेन गार्डेन्समा भएको खेलमा, वेस्ट इण्डिजले १८४ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा स्कटल्याण्ड २० ओभरमा ५ विकेट गुमाउँदै १४७ रनमै समेटियो। स्कटल्याण्डका कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे, तर टीमलाई जित दिलाउन सकेनन्। टम ब्रुसले २८ बलमा ३५ रन र जर्ज मुन्सेले १९ रन जोडे।

बलिङतर्फ, वेस्ट इण्डिजका रोमारियो शेफर्डले ५ विकेट लिए। जेसन होल्डरले ३, गुडकेश मोती र शमार जोसेफले समान १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। शिमरन हेटमायरले ३६ बलमा ६४ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

ब्रान्डन किङले ३० बलमा ३५ रन, शेरफेन रुथफोर्ड १३ बलमा २६ रन, र रोभमन पावेल १४ बलमा २४ रन बनाएका थिए।

स्कटल्याण्डका ब्राढ कुरीले २ विकेट लिँदा माइकल लिस्क, ओलिभर डेभिडसन र सफयान शरिफले समान १–१ विकेट लिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.