Nidan Media

मिनी ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक युवककाे ज्यान गएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १६ का २८ वर्षीय कुलबहादुर मगर छन् । उनी मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं १६ छाहारी चोक नजिक ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मगरले चलाएको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँर दुर्घटना भएकाे  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

ट्रक र चालकलाई नियन्त्रणमा दिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको खनालले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.