चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक युवककाे ज्यान गएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १६ का २८ वर्षीय कुलबहादुर मगर छन् । उनी मोटरसाइकल चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका वडा नं १६ छाहारी चोक नजिक ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मगरले चलाएको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
ट्रक र चालकलाई नियन्त्रणमा दिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको खनालले बताए ।





