काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष समेत रहेका सुनिल पछिल्लो समय फिल्म ‘एक्लो’ मा देखिएका थिए।
नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ नामले व्यापक रूपमा परिचित थिए ।
उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक प्रभावशाली कलाकार गुमाएको छ ।




