काठमाडौँ । निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
शुक्रबार आयोगले आयोजना गरेको पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन्।
आयुक्त जबराले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थितिबारे राम्रो ज्ञान राख्नुपर्ने बताए।
विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका निभाएको स्मरण गराए।
यस पटक पनि सोही अपेक्षा राखिएको उनले उल्लेख गरे।
आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न उनले सचेत गराए।
आयुक्त जबराले भने, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन तपाईंहरूको भूमिका महत्वपूर्ण छ।”
उनले पर्यवेक्षकहरूलाई निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे।
यसरी पर्यवेक्षकहरूको सचेत र जिम्मेवार भूमिका निर्वाचन सफल बनाउन अहम हुने देखिन्छ।




