Nidan Media

मेघालयको अवैध कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ को मृत्यु

काठमाडौँ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ।

मेघालयको उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी बराहपोखरी गाउँपालिका–१, बराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो।

सोही घटनामा बराहपोखरी गाउँपालिका–१ भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर तथा उदयपुरको साउनेका ललितबहादुर मगर घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। उम्साङघाटस्थित कोइलाखानीमा भएको घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। साथै, ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.