Nidan Media

देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने कुलमान घिसिङको दाबी

जनकपुर । पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन्।

बिहीबार चुनावी प्रचारप्रसारका क्रममा मधेस ओर्लिएका घिसिङले अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीकै हुने दाबी गरेका छन्।

उनले देश परिवर्तनका लागि उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेन-जी आन्दोलनको माग र भावना बोकेर अघि बढिरहेको बताएका छन्।

पछिल्लो समय काम गरेर देखाएका व्यक्तिहरू मिलेर बनेको उज्यालो नेपाल पार्टी देश परिवर्तन गर्न आएको उनको भनाइ छ।

अबको भोट भाषण गर्नेको नभई काम गर्नेहरूको हुने उनले बताएका छन्।

केही पार्टीहरू भाषण र सामाजिक सञ्जालको भरमा स्थापित भएको भन्दै उनले त्यस्तो प्रवृत्तिप्रति आलोचना गरेका छन्।

अध्यक्ष घिसिङले बिहीबारबाट मधेस प्रदेशको भ्रमण सुरु गरेको जानकारी दिँदै जनताको घरदैलो कार्यक्रमअन्तर्गत मधेस आएको बताएका छन्।

मधेस प्रदेशका आठवटै जिल्लामा पार्टीका उम्मेद्वार रहेकाले सबैसँग भेटघाट र छलफल गर्ने उद्देश्यले आफू मधेस झरेको उनले बताएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.