Nidan Media

सत्ताइस अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ ।

पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार सात अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको एक लाख आठ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको तीन करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको हो ।

यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको शेयर मूल्य साढे नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यद्यपि, सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ ।

साथै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.