Nidan Media

बजारमा छैन एलपी ग्यासको अभाव

काठमाडौँ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले एलपी ग्यास अभावको हल्ला निराधार भएको बताएका छन् ।

पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् ।

उनका अनुसार नेपालमा प्रतिदिन ९० बुलेट अर्थात करिब एक लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ ।

तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।

लोडिङ विवरण अनुसार शनिबार एक सय १८ बुलेट (करिब एक लाख ४९ हजार पाँच सय सिलिण्डर), सोमबार एक सय १५ बुलेट (करिब एक लाख ४५ हजार सात सय सिलिण्डर) र मंगलबार एक सय ३२ बुलेट (करिब एक लाख ६७ हजार तीन सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको उनले बताए ।

उनका अनुसार तीमध्ये केही बुलेट बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा छन् ।

उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति जारी रहने स्पष्ट पारेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.