काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ हजार चार सय र चाँदीको दुइ सय ६५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ रहेको थियो ।
यता, मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार पाँच हजार छ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनको भाउ हालसम्मकै उच्च माघ १५ गते प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ र चाँदीको सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको थियो ।





