Nidan Media

सरकार जसरी पनि निर्वाचन गराउन लागिपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन् ।

सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको भन्दै उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् ।

उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरू ओसारेर भए पनि निर्वाचन गराउने बताइन् ।

उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन्।

यस पटकको निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने अनुमान रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको स्पष्ट पारिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.