Nidan Media

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौँ । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ ।

प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ।

क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।

क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् ।

खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ ।

हाल पनि विश्वभर लाखौँ मानिस क्यान्सरसँग जुधिरहेका छन् । अध्ययनअनुसार विश्वभर क्यान्सरका कारण हुने कुल मृत्युको करिब २२ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।

यस्तै, १० प्रतिशत मृत्यु अत्यधिक खानपान, पोषणयुक्त आहारको कमी, मदिरा सेवन, नियमित व्यायामको अभाव तथा विभिन्न रोग र सङ्क्रमणबाट हुने क्यान्सरका कारण हुने बताइएको छ ।

यस बाहेक विकिरण तथा अन्य सङ्क्रमण पनि क्यान्सरका प्रमुख कारण मानिन्छन्।

विकासोन्मुख देशहरूमा हेपाटाइटिस बी, हेपाटाइटिस सी तथा ह्युमन प्यापिलोमा भाइरसका कारण क्यान्सरको जोखिम बढी रहेको पाइन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.