Nidan Media

कार दुर्घटनामा एकको मृत्यु, चालकसहित तीन जना घाइते

सर्लाही । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ का २७ वर्षीय शुभम् जैसवाल छन् ।

दुर्घटनामा गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

सोही दुर्घटनामा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सजय जैसवाल घाइते भएका छन् । घाइतेमध्ये सजयको अवस्था गम्भीर छ । उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु३च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.