Nidan Media

सुनचाँदीको भाउमा उच्च गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ।

गत बिहीबार हालसम्मकै उच्च प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छापावाला सुनको भाउ निरन्तर घटेर आइतबार तीन लाख रुपैयाँमा झरेको छ ।

सुनको भाउ शुक्रबार प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ पनि तीन दिनमा तोलामा दुई हजार पाँच रुपैयाँ घटेको छ ।

गत बिहीबार प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको असली चाँदीको भाउ घटेर आइतबार पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

चाँदी गत शुक्रबार प्रतितोला सात हजार ६५ रुपैयाँ रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.