Nidan Media

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फका १५ जिल्लाका मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ ।

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

यसैगरी,  दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुम पश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार दुई सय छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।

समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.