काठमाडौँ । नेपालमा आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय दिवस मनाउन लागिएको हो ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालको उपस्थिति रहने विभागले जनाएको छ ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।
मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो ।
सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।




