नवलपुर । नवलपुरमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा बारा जिल्ला कलैया नगरपालिका वडा नं ६ घर भई हाल देवचुली नगरपालिका वडा नं १४ छत्तिसघरेकी चार वर्षीया सुश्माकुमारी पासवान रहेकी छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी पासवानको देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरकाका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार नेपाल नमुना माविको लु१क ३८१४ नं को बसले विद्यालय हाताभित्र बस घुमाउने क्रममा पासवानलाई ठक्कर दिएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।





