काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेलिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि १४१ रनको चुनौती पछ्याउँदैछ ।
यसअघि टस हारेर स्कटल्याण्डले सबै विकेट गुमाएर १४० रन बनायो । प्रियनाज चटर्जीले २८ बलमा अविजित रहँदै ४५ रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले १७ रन खर्चेर ४ तथा रुबिना क्षेत्रीले २३ रन खर्चेर ३ विकेट लिइन् ।
यस्तै रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १ विकेट लिए ।
समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्याड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ ।
नेदरल्याड्सले थाइल्याण्डसँग दिउँसो १ बजे खेल्नेछ ।




