Nidan Media

आईसीसी महिला टी-२० विश्वकप छनोट : टस जितेर स्कटल्याण्डबिरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेरमात्र पुग्ने छैन अर्को खेलमा नेदरल्याड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ । नेदरल्याड्सले थाइल्याण्डसँग दिउँसो १ बजे खेल्नेछ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले, दोस्रो खेलमा नेदरल्याण्ड्ससँग मात्र दुई रनले  पराजित भएकोमा तेस्रो खेलमा जिम्बाब्वेमाथि ६ विकेटको जित हासिल गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.