Nidan Media

गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

उनले भने, ‘स्पष्ट , विनम्र, बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरेको छौँ ।’

उनले नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवारमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेद्वार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने दाबी गरे ।

‘नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेद्वार भनेर आउनेमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेद्वार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने सम्भावना छ,’ उनले भने ।

उनले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।

मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ ।

संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थ्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.