काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरूले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
आशन्न निर्वाचनमा पनि राजनीतिक दलहरूले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।
शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवशनमा नेता सिटौलाले राजनीतिक दलहरू, सांसदहरूबीच एकता कायम नहुने हो भने मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताए।
उनले राष्ट्रिय भावनाको विकास हुने गरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।
नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गरे ।




