Nidan Media

इन्द्रसरोवरमा सवारी दुर्घटनाः एकको मृत्यु, दुई घाइते

पोखरा । मकवानपुरमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सर्लाहीको वरथवा नगरपालिका वडा नं १ का १७ वर्षीय रोहन मण्डल छन् ।

सोही दुर्घटनामा घाइते भएका सर्लाहीको वरथवा नगरपालिका वडा नं १ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३-००१ च ६७२१ नम्बरको गाडी कुलेखानी-काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं २ सिमखोला पुल नजिक दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.