Nidan Media

आज उम्मेद्वारको नामावली सार्वजनिक गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेद्वारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ।

मंगलबार मनोनयन दर्ता गरेका उम्मेद्वारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ।

मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेद्वारविरुद्ध उजुरी दर्ता गरेको थियो।

बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको हो।

आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ। सोही आधारमा आज उम्मेद्वारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो।

निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

साथै, माघ ९ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.