Nidan Media

महिला टी-२० विश्वकप छनोट: टस हारेर नेपाल बलिङमा

काठमाडौँ ।आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ ।

कीर्तिपुर मैदानमा हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ ।

नेपाललाई अर्को चरण प्रवेशका लागि जित्नैपर्ने दबाब रहेको छ ।

यसअघि पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएकाले पनि सुपर सिक्समा पुग्नका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको हो ।

बिहानै आयरल्याण्ड र अमेरिका मूलपानी मैदानमा भिड्दै छन् ।

समूह बीमा दुई खेल जितेर नेदरल्याण्ड्स र थाइल्याण्ड शीर्ष दुईमा रहेका छन् ।

स्कटल्याण्ड र नेपालले एक एक खेल खेलेर अंकविहीन छन् भने जिम्बाब्वेले दुवै खेल हारेको छ ।

समूह एमा बंगलादेशले दुवै खेल जितेको छ । आयरल्याण्ड र अमेरिकाले एक एक खेल जितेका छन् भने नामिबिया र पपुवा न्यूगिनी अंकविहीन छन् ।

तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्याण्ड्स, जिम्बाम्बे, थाइल्याण्ड  र स्कटल्याण्ड छन् ।

अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.