पोखरा । तनहुँबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट सोमबार तनहुँमा एक जनाको ज्यान गएको छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उनी करिब ३० वर्षको युवक रहेका छन् ।
दमौलीबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ स्थित पृथ्वी राजमार्गमा बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई लाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अस्पताल पोखरा ल्याइएको थियो । उनको उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बस चालक चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलाका ३८ वर्षीय मनबहादुर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।





