Nidan Media

खेलकुदमन्त्री दिएबब्लु गुप्ताले दिए राजीनामा

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।

कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लुले फागुन २१ को निर्वाचनमा उम्मेद्वार बन्ने तयारी अनुसार राजीनामा बुझाएको जनाइएको छ ।

तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ ।

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिराहामा उम्मेदवार बन्ने तयारी गरेका छन् ।

उनलाई रास्वपाले सिराहा-१ बाट उम्मेद्वार बनाउने भएको छ ।

पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।

अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.