काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा चार हजार दुई सय र चाँदीको एक सय ८५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार कायम भएको सुनचाँदीको भाउ इतिहासकै सर्वाधिक हो ।
सोमबार मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यता, आइतबार प्रतितोला पाँच हजार छ सय २५ रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढेर पाँच हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




