काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले पदबाट राजीनामा दिएका छन्।
उनले उपमेयर सुनीता डंगोललाई राजीनामा बुझाएका हुन्।
बालेन २०७९ को वैशाखमा भएकाे स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थए ।
स्वतन्त्र उम्मेद्वार बालेनले ६१ हजार सात सय ६७ मत ल्याएका थिए ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनी मेयर पद छाडेर राजनीतिमा होमिँदै छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्द भएका छन् ।
रास्वपाबाट उनी भावी प्रधानमन्त्री बन्ने सहमति भएको छ । उनी रास्वपाका वरिष्ठ नेतासमेत हुन्।
राजीनामा दिएपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।
उनलाई रास्वापा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकले भव्य स्वागत गरेका छन् । उनले केही बेर अघि बरिष्ठ नेताको पदभार ग्रहणसमेत गरेका छन् ।
साह रास्वपामा प्रवेश गरी झापा-५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। यो क्षेत्रमा उनले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सामना गर्नुपर्ने छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बालेन आइतबार नै जनकपुर जाने कार्यक्रम पनि छ।
यसैबीच, मेयरले राजीनामा दिएपछि उपमेयर सुनीता डंगोलले कार्यबाहक मेयरको जिम्मेवारी पाएकी छन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेयरको पद रिक्त भएपछि उपमेयरले स्वतः कार्यबाहकको जिम्मेवारी पाउने व्यवस्था छ।
यस्तो छ बालेनको राजीनामा






