काठमाडौँ। राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।
प्रतिनिधि सभामा उम्मेद्वारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मंगलबार उम्मेद्वारको उम्मेद्वारी मनोनयन हुँदैछ ।
यद्यपि कांग्रेसको शेरबहादुर देउवा पक्षको मुद्दा अदालतमा पुगेपछि निर्वाचन रोकिने चर्चा व्यापक छ ।





