Nidan Media

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू सर्वोच्च अदालतमा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन् ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरू आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् ।

गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ ।

यसअघि पार्टीको विधानअुनसार गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरेर उक्त महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

निर्वाचन आयोगले कानूनअनुसार विशेष महाविधेशन भएको भन्दै थापा नेतृत्वलाई मान्यता दिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.