काठमाडौँ। राष्ट्रिय सभा उन्नाइसौँ अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसहमतले पारित गरेको छ ।
आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो ।
बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ ।
बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर सुनाएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए ।
राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो ।
साथै अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार १:१५ मिनेटमा बस्ने तय भएको छ ।




