Nidan Media

महिला टी-२० विश्वकप छनोट: नेपालले थाइल्याण्डलाई दियो १२३ रनको चुनौती

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेल जितका लागि नेपालले थाइल्याण्डलाई १२३ रनको चुनौती दिएको छ ।

कीर्तिपुर मैदानमा भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको चुनौती दिएको हो ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १२३ रन बनायो ।

खेलमा बिन्दू रावलले ५६ बलमा ४४ रन बनाइन् भने सोनु खड्काले ११ बलमा २६ रन जोडिन् । पहिलो विकेटका लागि ५.४ ओभरमा ५२ रनको साझेदारी भए पनि त्यसपछि कुनै राम्रो साझेदारी हुन सकेन ।

त्यस्तै रुबिना क्षेत्रीले २ छक्का र एक चौकाको मद्धतले १० बलमा १७ रन बनाएर आउट भइन् ।

उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् । कप्तान इन्दू वर्मा भने ६ बलमा ६ रन बनाएर आउट भइन् ।

थिपात्चा पुथावोङले ४ विकेट लिइन् ।

त्यस्तै मूलपानीको मैदानमा बंगलादेश र अमेरिका भिडिरहेका छन् । खेलमा बंगलादेशले पहिले ब्याटिङ गरेको छ ।

तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् ।

सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, जिम्बाम्बे, थाइल्यान्ड  र स्कटल्यान्ड छन् ।

अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.