Nidan Media

मापसे गरेर तीव्र गतिमा चलाउँदा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु, एक गम्भीर

रौतहट । रौतहटमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा भारत बिहार राज्य शिवहर जिल्लास्थित पिपराढी थानाअन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा सोही गाउँका राजेश पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको छ।

गौर-गंगापिपरा सडक खण्डअन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नं ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार चालकले मदिरा सेवन गरेर अत्यधिक तीव्र गति चलाएका कारण मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खसेको हो।

उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको छ भने घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.