Nidan Media

पश्चिमी वायुको प्रभाव: कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदलाब देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी छ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

तराईका केही स्थानमा भने दिनभरजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

रातिको समयमा पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भागमा आंशिक बादल रहनेछ भने कर्णालीका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटनका साथै हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.