काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा तुँवालो लागेको छ ।
पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।




