Nidan Media

भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा एमालेको आशंका कायमै

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका कायमै रहेको जनाएको छ ।

शुक्रबार निर्वाचन आचारसंहिता सम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा एमालेका सचिव डा. राजन भट्टराई सो भनाइ राखेका हुन् ।

उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्नसमेत गरे ।

उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेकोसमेत स्मरण गराए ।

सचिव भट्टराईले निर्वाचनको प्रचारसम्बन्धी आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.