काठमाडौँ । फिनल्याण्डले डेनमार्कको अनुरोधमा ग्रीनल्याण्डमा सैन्य कर्मचारी पठाउने निर्णय गरेको छ । यसमा स्वीडेन र नर्वे पनि सहभागी छन् ।
फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार नेटो सहयोगी राष्ट्रहरूसँग मिलेर ग्रीनल्याण्डमा डेनिस सशस्त्र बलको सैन्य अभ्यासलाई निरन्तरता दिइनेछ ।
फिनल्याण्डले स्थानीय सुरक्षा अवस्था बुझ्न र भविष्यका सैन्य अभ्यासको मूल्याङ्कन गर्न दुई सम्पर्क अधिकारी खटाउने जनाएको छ ।
विज्ञप्तिमा आर्कटिक क्षेत्रमा सुरक्षा मजबुत बनाउन थप प्रयास आवश्यक रहेको उल्लेख छ ।
फिनल्याण्डका रक्षामन्त्रीले नेटोमा आबद्ध भएदेखि नै देशले आर्कटिक सुरक्षामा योगदान दिँदै आएको बताएका छन् ।
स्वीडेन, नर्वे, जर्मनी, बेलायत र फ्रान्स पनि यस्ता अभ्यासमा सहभागी छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्ने इच्छा व्यक्त गरेका छन् ।




