Nidan Media

विप्लव-मिराज ढुंगानाबीच चार बुँदे सहमति

काठमाडौँ । नेकपा माओवादी र जेन-जी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ ।

बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए ।

हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दाबी गरे ।

उनका अनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन-जी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो ।

उनले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.