Nidan Media

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्नेछ ।

महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु लाग्नेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.