काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेको दललाई बलियो बनाउने गतिविधि गरिरहेको आरोप लगाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
लामिछानेविरुद्धका मुद्दा फिर्ता गर्ने निर्णयले सरकारबाटै भ्रष्टाचारीलाई उन्मुक्ति दिने काम भइरहेको उनले दाबी गरे।
उनले कांग्रेस र एमालेलाई कमजोर बनाउने सरकारका मन्त्रीहरूको गतिविधि उचित नभएको जिकिर पनि गरे।
आगामी माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा होमिने भन्दै उनले काठमाडौँमा विशेष प्रदर्शनमार्फत एमाले चुनावमा गएको सन्देश दिने जानकारी दिए।
उनले एमालेले कहिल्यै निर्वाचन नछाड्ने भनेको नभएको स्पष्ट गर्दै अहिले निर्वाचनमैत्री वातावरण मुख्य चुनौती भएको बताए।
जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदी अझै फिर्ता नआएको तथा सुरक्षा निकाय र न्यायालयको मनोबल कमजोर भएको उनको भनाइ छ।




