पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित राधाकृष्ण शिवालय टोल विकास संस्थाको अध्यक्षमा टंकप्रसाद शर्मा पौडेल निर्वाचित भएका छन् ।
संस्थाको १५औं साधारणसभा तथा सातौँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा पार्वती देवी कोइराला, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा लक्ष्मण पराजुली र सहसचिवमा शिवकुमारी त्रिपाठी छन् ।
यसैगरी कार्यसमिति सदस्यमा लीला भुत्र्याल, दुर्गादत्त सिग्देल, शिवहरी सुवेदी, बिष्णुमाया भुजेल, पदमा केसी र कुन्ता सुवेदी छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पाेखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले टोल विकास संस्था स्थानीय विकास, सरसफाई र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण आधार भएको बताए । उनले टोल स्तरबाटै विकासको सोच र सहकार्य आवश्यक रहेको बताए ।
टोल विकास संस्थाको सक्रियताले स्थानीय समस्या पहिचान गर्न र समाधानका उपाय खोज्न सहज भएको उल्लेख गरे ।
“विकासको सुरुवात घर-टोलबाट हुन्छ, त्यसैले टोल विकास संस्था बलियो भए वडा पनि बलियो बन्छ,” उनले भने ।
उनले आगामी दिनमा सरसफाइ, वातावरण संरक्षण, सामाजिक सचेतना र युवालाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिए । साथै टोल विकास संस्थासँग समन्वय गरेर वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
संस्थाकी अध्यक्ष रमा कोइरालाले टोल वासीको सहभागिताबाट विकास सम्भव हुने बताउँदै सबैको सहकार्य बिना दिगो विकास सम्भव नहुने बताइन् । उनले आगामी दिनमा सरसर्फा अभियान, वातावरण संरक्षण र सामाजिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारिन् ।
संस्थाकी सचिव पार्वतीदेवी कोइराला र कोषाध्यक्ष लक्ष्मी पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा ८४ वर्षभन्दा माथिका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष रमा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टंकप्रसाद शर्मा पौडेलले स्वागत र सचिव पार्वतीदेवी कोइरालाले सञ्चालन गरेकी थिइन् ।





