Nidan Media

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिइने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिइने भएको छ ।

यसका लागि महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकीलहरूलाई स्वीकृति दिएको बताइएको छ।

यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा रहेका ती अभियोगहरू फिर्ता लिन बाटो खुलेको हो ।

यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने महान्यायाधिवक्ता कार्यालयले स्पष्ट पारेको छ।

बुधबार चार ओटा जिल्ला अदालतमा चलिरहेका अभियोगपत्र संशोधन गर्न निर्णय गरिएको हो। यसअनुसार कास्कीमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा, साथै रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।

यसैगरी चितवन जिल्ला अदालतमा यस्ता अभियोग नचलेकाले त्यहाँ अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको छैन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.