Nidan Media

पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा । पाल्पामा आज बिहान टिपर दुर्घटनामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ३५ वर्षीय केशव सुनार छन् ।

नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर बिहान ४:०० बजे रिब्दीकोट गाउँपालिका वडा नं २ स्थित जोर्तेमा दुर्घटनामा परेको हो।

टिपर विश्वकर्मा मन्दिर नजिकै सडकबाट करिब २ सय ५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक सुनारको स्थायी ठेगाना खुल्न बाँकी छ भने उनी सवारी चालक हुन् वा अन्य यात्रु भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हार्थोक र अर्गलीबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।

बिहानको समयमा अँध्यारो र घटनास्थल खोला तथा झाडी भएको क्षेत्रमा रहेकाले खोजी कार्यमा केही कठिनाइ भएको प्रहरीले जनाएको छ।

टिपरमा अन्य व्यक्तिहरू पनि सवार थिए वा थिएनन् भन्ने यकीन गर्न अहिले घटनास्थलमा खोजी र अनुसन्धान कार्य तीव्र पारिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.